दफा ११
सदस्य हुन चाहिने याेग्यता
देहायको कुनै व्यक्ति समिति वा विद्वत् समितिको सदस्य हुन योग्य मानिने छैन ः-
(क)  ………….
(ख) साहूको दामासाहीमा परेको व्यक्ति,
(ग) बहुला वा मानसिक सन्तुलन रहित व्यक्ति,
(घ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरी कैदको सजाय पाएको व्यक्ति,
(ङ) एक्काइस वर्ष उमेर पूरा नभएको व्यक्ति, वा
(च) संस्थानसँगको ठेक्कामा सरीक रहेको वा संस्थानसँगको कुनै कारोवारमा निजी आर्थिक स्वार्थ निहित रहेको व्यक्ति ।